१० मंसिर २०८३, बिहिबार

जागिर लगाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर ।  जागिर लागाइदिने प्रलोभन देखाएर बलात्कार गर्न खोज्ने एक पक्राउ परेका छन् ।

महानगरिय प्रहरी परिसर ललितपुरले बलात्कार प्रयासको आरोपमा रोहितप्रसाद ढुंगानालाई पक्राउ गरेको हो । ढुंगानाले एक किशोरीलाई जागिर लगाइदिन्छु भन्दै बोलाएर बलात्कार प्रयास गरेको पीडित किशोरीले बताएकी छिन् ।

किशोरीलाई ढुंगानासम्म लैजाने दूई महिला निर्मला शर्मा र मिना रिमाललाई पनि प्रहरीले पक्राउ गरेको छ । रिसोर्टमा लगेर जवरजस्ती गर्न खोजेपछि किशोरी भागेकी थिइन् ।

प्रहरीले अहिले तीनैजना माथि अनुशन्धान गरिरहेको छ ।