१ कार्तिक २०८३, आइतबार

भुटानमा २८ हजार नेपाली भाषीले खोसिएको नागरिकता पाएनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhuta-Ko-King-Rajaकाठमाडौं, १७ फागुन । भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन ।

सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुराइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् ।

नागरिकता फिर्ता नहुदाँ उनीहरुले आधारभूत सुविधाबाट पनि बन्चित हुनुपरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालीन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी सारछोक्या जातिका भुटानीलाई राजाको आदेशमा देश निकाला गरिएको थियो ।