१ कार्तिक २०८३, आइतबार

टेलिफोनमा पतिसँगको झगडापछि छोराको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १७ फागुन । विदेशमा रहेका आफना लोग्नेसंग टेलिफोनमा झगडा गरेकी निर्दयी आमाले आफनै ९ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेकी छन् ।

प्रहरी निरीक्षक हरि बरुवालका अनुसार नवलपरासीको तम्सरीयास्थित बसन्तपुरकी जमुना जिसी (३१ वर्ष) ले छोरा प्रजितको घाँटीमा शललें थिचेर हत्या गरेकी हुन ।

छोराको हत्यापछि आफूले पंखामा झुण्डिएर आत्महत्या गर्न गरेको प्रयास सफल हुन सकेन् । शल चुडिएर बचेको कान्तिपुर दैनिकले छापेको छ ।

शुक्रवार दिउँसो उनले घरमै छोराको हत्या गरेकी हुन । छिमेकमा भएको बिहेमा जान साथीहरु घरमा आएर बोलाउदा नबोलेर उनी छटपटिएको अबस्थामा भेटिएको छिमेकिहरुको भनाई छ ।

उनको प्रहरी निगरानीमा उपचार भैरहेको छ । श्रीमान प्रकाश भारतीय सेनामा कार्यरत छन । उनकी छोरी छन ।

अनुसन्धानमा खटिएका बरुवालका अनुसार घटना अघि उनले श्रीमानसंगको टेलिफोनमा निकैबेर बोलेको (झगडा गरेको आसंका) भेटिएको छ ।

प्रहरीसंग उनले श्रीमानलाई पनि हत्या गर्ने धम्की दिएकी छन् ।