१० मंसिर २०८३, बिहिबार

दाइजोका आएको मोटरसाइकल नामसारी नगरिदिएको भन्दै श्रीमतीकाे हत्या

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर ।  धनुषामा एक व्यक्तिले दाइजोमा आएको मोटरसाइकल आफ्नो नाममा नगरिदिएको भन्दै श्रीमतीको हत्या गरेका छन् ।

मिथिला– बिहारी नगरपालिका ४ मिथिलेश्वरमा २२ बर्षीय ‍प्रकाश मण्डलले  मोटरसाइकलको निउँमा श्रीमती कुसुम मण्डलको हत्या गरेका हुन् ।

कुसुमलाई ससुरा रामचन्द्र मण्डलले शुक्रबार राति जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए । पासो लगाएर आत्महत्या गर्न खोज्दा उद्दार गरेर ल्याएको बताएका थिए । तर उनको मृत्यु भएपछि उनी शव छाडेर फरार भएका छन् ।

कुसुमको करिब डेढ बर्षअघि प्रकाशसँग विवाह भएको थियो । यसैबीच प्रहरीले कुसुमका श्रीमान ‍प्रकाशलाई नियन्त्रणमा लिएको छ ।