१० मंसिर २०८३, बिहिबार

काठमाण्डौमा आज यसवर्षकै धेरै चिसो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर ।  आज काठकाण्डौको तापक्रम यस वर्षकै न्युन मापन गरिएको छ । बिहान काठमाण्डौको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।्

यसअघि गएको कात्तिक १० गते काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।

काठमाण्डौमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै डडेलधुराको तापक्रम बिहान हिजोकोभन्दा ४ डिग्री सेल्सियस घटेको छ ।

शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको तापक्रम शनिबार बिहान ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।

यसैबीच शनिबार, आइतबार र सोमबार देशभरि कै मौसम पूर्णरुपमा नखुल्ने भएकाले अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।