१ कार्तिक २०८३, आइतबार

कालिजलाई खुवाउन दस लाख ४५ लाख रुपियाँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalijकाठमाडौं, १७ फागुन । ढुटोसमेत खान नपाएर मर्न थालेका शाही कालिन कालिजलाई दाना खुवाउन अर्थले यसै साता वन मन्त्रालयलाई १० लाख ४५ हजार रुपियाँ निकासा गरेको छ ।

बजेट आएपछि शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जले शाहीकालिन पहेंलो र सुनौंलो प्रजातिका १ सय ६३ कालिजको दाना खरिद गर्न दुई दिनअघि टेन्डर खुलाएको छ ।

‘रकम निकासा भएलगत्तै पिठो, भटमास, चोकर, नुन, मिश्चर, चना, मकै, गहुँ र पोसिलो ढुटोका लागि टेन्डर आह्वान गर्‍यौं’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) किशोरकुमार मेहताले शनिवार भने, ‘बल्ल राहत भयो, यति रकम असारसम्म दानाका लागि पुर्‍याउनुपर्छ ।’

कुनै बेला काजु, पिस्ता, किसमिस र बदाम खाएर रमाएका कालिजले माघदेखि बजेट अभावमा ढुटोसमेत खान पाएका थिएनन् ।

राजतन्त्रको अन्त्यसंगै नारायणहिटीबाट निकुञ्जको जिम्मामा रानीबनको ठूलो पिंजडामा राखिएका पहेंलो र सुनौंलो कालिजलाई ढुटोसमेत ख्वाउन नसक्दा मर्न थालेको भन्दै निकुञ्जले बजेट व्यवस्था गरिदिन गत महिना तालुकदार वन मन्त्रालयसंग आग्रह गरेको थियो ।

निकुञ्जको मागअनुसार मन्त्रालयले अर्थलाई आग्रह गरेपछि चार दिन अघि बजेट निकासा भएको हो ।

रानिबनमा राखिएका शाहीकालिन कालिजसहित गोदावारीमा राखिएका मृग र चित्तलका लागि दाना उपलव्ध गराउन वाषिर्क करिब १७ लाख बजेट विनियोजन हुने भए पनि चालु आर्थिक वर्षका लागि ६ लाख १५ हजार रुपैयाँ मात्रै प्राप्त भएको थियो ।

सीमित बजेटमै पनि निकुञ्जले मकै, गहुँ, चना र ढुटो किनेर ख्वाए पनि गत माघमा बजेट सकिएपछि केही ख्वाउन नसकिएको मेहताले बताएको कान्तिपुर दैनिकले छापेको छ ।

निकुञ्जले रानिबनका कालिजको रेखदेख गर्न दुई कर्मचारी खटाएको छ ।

यसैबीच, गोदावरीमा रहेका १७ मृग छिट्टै शिवपुरी-नागार्जुन निकुञ्जमा प्राकृतिक वासस्थानमा छाड्ने तयारी गरिएको जानकारी मेहताले दिए ।