११ कार्तिक २०८३, बुधबार

संविधान जारी गर्ने मिति जेठ १५ उता सार्न हुँदैन : नेता नेपाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-kumar-nepalभक्तपुर, १६ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान जारी गर्ने मिति आगामी जेठ १५ भन्दा उता सार्न नहुने बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद् भक्तपुरको सातौँ जिल्ला अधिवेशनको शनिवार थिमिमा उद्घाटन गर्दै उहाँले संविधान जारी गर्न तोकिएको माघ ८ मिति गुज्रिसकेकाले अब जेठ १५ उता लैजाने सोचाइ राख्न नहुने उल्लेख गर्नुभयो ।

प्रतिपक्ष दल पनि वार्ता र संवादका लागि तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “मसँग एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारसंग भएको भेटमा वार्ता र संवादका लागि उहाँहरु सकारात्मक हुनुहुन्छ । अबअसमझदारी, अविश्वास र शब्दवाँणको प्रभावले घाउँ भएको छ भने मल्हम लगाएर निको पारी भोलिदेखि संवादको वातावरण बनाउनुपर्छ ।”

एमालेभित्र रहेको गुटबन्दीको प्रसङ्ग कोट्याउँदै उहाँले भन्नुभयो, “पार्टीभित्र गुटबन्दीको रोग मात्रै होइन, महारोग नै छ, यसबाट पार्टीलाई मुक्त गर्नुपर्छ ।”