१० मंसिर २०८३, बिहिबार

साथीकी बहिनीलाई करणी गरेको आरोप लागेका अखिलका नेता राई पुर्पक्षका लागि जेल चलान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर । आफ्नै साथीकी बहिनीलाई करणीको आरोप लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रत्न राज्य क्याम्पसका स्ववियु सह-सचिव इन्द्र राई पुर्पक्षका लागि जेल चलान भएका छन् ।

राईलाई सात देखि दश बर्षसम्मको जेल सजायको माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा हालेको हो। उक्त मुद्दामा राईको बयान र थुनछेक बहश पछि काठमाडौं जिल्ला अदालतका न्यायधिश विनोदकुमार पोखरेलको ईजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।

राईले तिहारको बेला आफ्नै साथीकी बहिनीलाई भैली खेल्ने बहानामा काठमाडौं माकलबारी स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको महानगरीय प्रहरी वृत बौद्धले जनाएको थियो।