१० मंसिर २०८३, बिहिबार

उपत्यकामा टिपर संचालनमा झनै कडाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ मंसिर ।  टिपरका कारणले धेरै दुर्घटना भएको भन्दै उपत्यकामा कडा गरिएको टिपरलाई थप कडाइ गरिएको छ ।

यातायात व्यवस्था विभागले टिपर धोएर सफा गरेर सडकमा पानी नचुहिने गरेर मात्रै चलाउन दिने भएको छ । विभागले नियमविपरित टिपर सञ्चालन गरेको पाइएमा कानूनबमोजिम कारबाही गर्ने जनाएको छ ।

पछिल्लो समय दुर्घटना साथै सडक जाममा पनि टिपर कारक रहेको भन्दै यस्तो निर्णय गरेको हो ।

अब उपत्यकामा नागढुंगा र धुलिखेलतर्फबाट आउने टिपरले राति ८ बजेपछि मात्र प्रवेश पाउने छन्।