
काठमाडौं, ५ मंसिर । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई धर्नामा बसेका छन् । भट्टराई बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना बसेका हुन् ।
बूढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा मुआब्जा तोक्न माग गर्दै भट्टराईसहितका नेताहरु धर्नामा बसेका हुन् । बूढीगण्डकी प्रभावित गोरखातर्फ आरूघाट, आर्खेत र धादिङतर्फ खहरेका बासिन्दा, जनप्रतिनिधिलगायतले जिल्ला प्रशासनमा धर्ना दिएका हुन् ।
भट्टराईले धर्ना दिँदै बुढीगण्डकी परियोजनाको मुआब्जा वितरणमा ढिलाई गरेकोले तुरन्त मुआब्जा विरणरका लागि दबाब दिने उदेश्यले धर्ना बसेको बताएका छन् । यसतर्फ सरकारले छिटो भन्दा छिटो ध्यान दिन आवश्यक रहेको उहाँको भनाई रहेको छ ।
धर्नामा नेपाली कांग्रेसका सांसद एवं राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्ऽराज पाण्डे, गण्डकी प्रदेशका सांसदहरू प्रकाशचन्ऽ दवाडी र धनमाया लामा पनि छन् ।
उनीहरुले मंसिर १० गतेसम्म मुआब्जा निर्धारण गर्न अल्टिमेटम दिएका छन् । सरकारले माग अवज्ञा गरे बूढीगण्डकी प्रभावितले थप आन्दोलन घोषणा गर्ने चेतावनी उनीहरुले दिएका छन् ।











प्रतिक्रिया