२ कार्तिक २०८३, सोमबार

राजधानीमा मधेसी समुदायको यस्तो भयो धोती यात्रा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;f+:s[lts klxrfgnfO{ ;+/If0f ug]{ p2]Zon] cfh sf7df8f}Fsf] ;lxbu]6af6 lgsflnPsf] wf]tL kb ofqfsf ;xefuLx? . l8efOg OG6/g]zgn o'y P;f]l;P;g?dw];n] cfof]hgf u/]sf] xf]  tl:a/Ms[i0f/fh uf}td÷/f;;

काठमाडौँ, १६ फागुन । एमाओवादी मोर्चाको आन्दोलन चलिरहेका बेला राजधानी मधेसी समुदायले धोती यात्रा निकालेका छन् ।

डिभाइन इन्टरनेसनल युथ एसोसिएसन-मधेस (डिया मधेस)ले सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले शनिवार धोती पहिरनमा पदयात्रा निकालेको हो ।

काठमाडौँको सहिदढोकाबाट निकालिएको सो यात्रा भद्रकाली, माइतीघर, बिजुली बजार हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि सभामा परिणत भएको थियो । यात्रामा सहभागीले समुदायको पहिरन धोती लगाएका थिए ।

सहिद राजेश्वर ठाकुरका पिता तपेश्वरले पदयात्राको शुभारम्भ गर्दै मधेसी समुदायको पहिरनको महत्वपूर्ण सभ्यता धोती भएको भए पनि विभिन्न प्रभावले अहिले धोती लगाउने संस्कृति लोप हुन थालेकाले त्यसको संरक्षणमा जोड दिनुभयो ।

सो संस्थाका संयोजक राजेशकुमार जलानले प्राचीनकालदेखि नै विभिन्न ऋषिहरुको पहिरनका रुपमा धोतीको महत्व रहेको उल्लेख गर्दै राजा जनक तथा बुद्धले समेत धोती पहिरिएको र धोती लगाउने मानिसलाई काठमाडौँ उपत्यकालगायत केही स्थानमा नकारात्मक भावनाले हेर्ने गरेकामा दुःख व्यक्त गर्नुभयो ।