
काठमाडौं, ३ मंसिर । राजस्व अनुसन्धान विभागले टोबागो कम्पनीसहित अन्य कम्पनीविरुद्व राजस्व छलेको आरोपमा मुद्वा दायर गरेको छ ।
ग्रीन टोबागो कम्पनी प्रालिका सञ्चालक प्रभुराम श्रेष्ठसहित आधा दर्जन व्यक्ति तथा कम्पनीविरूद्ध विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
१० करोड १५ लाख बिगो, दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गर्दै विभागले सोमबार अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकाहरूमा सफिन एन्ड ब्रदर्श इन्टरप्राइजेज र त्यसका प्रोप्राइटर सरोज केसी, आरएस स्टोर र प्रोप्राइटर मुकेश अग्रवाल, अभिनव सूर्ती उद्योग र सुष्मा गोयन्का, गोल्डेन टोबागो, सहयोग सूर्ती उद्योग र सञ्चालक दिनेश बसुकला, ओम साई सूर्ती उद्योग र जानुका कार्की छन्।
अनुसन्धानमा ती कम्पनीले मूल्य अभिवृद्धि कर एक करोड ३८ लाख ८४ हजार ४१६, अन्तशुल्क ८ करोड ५१ लाख ८१६, स्वास्थ्य सेवा जोखिम करतर्फ ६ लाख ३२ हजार १२१ र आयकर १९ लाख २२ हजार ४६ रुपैयाा छलेको देखिएको विभागले जनाएको छ।











प्रतिक्रिया