१० मंसिर २०८३, बिहिबार

बाग्लुङमा गोरु काटेर खानेहरू पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, ३ मंसिर । बाग्लुङ जिल्लाकाे काठेखोला गाउँपालिका-१बाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् ।

चिहानडाडाँ भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीय यामबहादुर सार्की, रेशम सार्की, आइते किसान र रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशु सम्बन्धी कसुर अन्र्तगत गाईगोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्वा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराइले जानकारी दिए ।

उनीहरू सबैलाई जिल्ला अदालतबाट म्याद थपगरी थप अनुसन्धानसमेत भइरहेको उनको भनाई छ ।