
काठमाडौं, १ मंसिर । सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले आज काठमाडौमा विरोध प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा भेला भएर उनीहरुले भारतले नेपाली सीमा अतिक्रमणको विरोध गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारको नक्सामा राखेको भन्दै तत्काल सच्याउन पनि माग गरेका छन् ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुले माइतीघर मण्डला परिक्रमा गर्न खोज्दा प्रहरीसंग केही बेर झडप समेत भएको थियो ।
यसअघि, नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।











प्रतिक्रिया