१ कार्तिक २०८३, आइतबार

श्रीलंकाका नयाँ राष्ट्रपतिमा राजपाक्षे चयन हुने पक्का

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ मंसिर ।  श्रीलंकाका नयाँ राष्ट्रपतिमा गोतबाया राजापाक्षे निर्वाचित हुने भएका छन् ।

शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएका छन् । राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई हराएका हुन् ।

गोतबाया पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए।

सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इस्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ।

यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन्। गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए।