१ कार्तिक २०८३, आइतबार

अयतोल्लाह खमेनीले दिए इजरायललाई समाप्त पार्ने धम्की

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ मंसिर । इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले इजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् ।

तेहरानमा आयोजित एक इस्लामिक कन्फ्रेन्समा खमेनीले सो कुरा बताएका हुन् । उनले इजरायलको बर्बादी यहुदीहरुको बर्बादी नभएको पनि बताएका छन् ।

उनले भनेका छन्– एक देशको रुपमा इजरायललाई नष्ट गर्नु भनेको यहुदीलाई नष्ट गर्नु होइन । यसको मतलब यो हो कि प्यालेष्टाइनी, चाहे त्यो मुसलमान होस्, ईसाई या यहुदी होस्, उनीहरुले आफ्नो सरकार रोज्नुपर्छ ।

सन् १९७९ मा इरानको क्रान्तिपछि कट्टरपन्थीहरु सत्तामा आएका थिए । त्यही बेलादेखि नै इरानी नेताहरुले इजरायललाई समाप्त पारिदिने कुरा गर्दै आएका छन् ।

इरानले इजरायलको अस्तीत्व स्वीकार गर्दैन । इजरायलले मुसलमानहरुको जमिनमा अवैधरुपमा कब्जा जमाएको आरोप इरानले लगाउँदै आएको छ ।

दोस्रोतर्फ इजरायलले पनि इरानलाई खतराको रुपमा लिन्छ । उसले सधैं इरानसँग परमाणु हतियार हुन नहुने बताउँछ । मध्यपूर्वमा इरानको बढ्दो प्रभावबाट इजरायलका नेताहरुको चिन्ता बढ्दै गएको छ ।