
काठमाडाैं, ३० कात्तिक । काठमाण्डौको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुादा प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।
शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुादा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जनाएको छ ।
उहााको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भैरहेको छ ।











प्रतिक्रिया