३० आश्विन २०८३, शुक्रबार

नारायणकाजीले झुक्याएकाले बानेश्वरमा झडप, हेर्नुस घाइतेहरुको हालत ! (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhadap-Kathmandu

काठमाडौं, १६ फागुन । काठमाडौँको नयाँ बानेश्वरमा एमाओवादी मोर्चाका कार्यकर्तासँगको झडपमा नेपाल प्रहरीका एक इन्स्पेक्टरको हात भाँचिएको छ भने सशस्त्र प्रहरीका अर्का इन्स्पेक्टरको पनि अवस्था गम्भीर छ ।

काठमाडौँको तीनकुनेबाट खुल्लामञ्च तर्फ आउँदै गरेका आन्दोलनकारीलाई संविधानसभा भवन बाहिरको निषेधित क्षेत्र तोडन खोज्दा प्रहरीले मीनभवनमा रोकेको थियो । जुलुसको नेतृत्व गरेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई निषेधित क्षेत्र नतोड्न आग्रह गरेपछि उनले समेत मानेका थिए । त्यसपछि केहीबेर जुलुस त्यहीँ रोकियो ।

Maobadi-Julus-Tinkune

तर, एकैछिनमा भाँटा बोकेर मोटरसाइकलमा एक हुल एमाओवादी कार्यकर्ता आए । प्रहरीको कमाण्ड गरेका इन्स्पेक्टर धर्म भण्डारीलाई मोटरसाइकलले हान्न खोजेपछि झडप भयो । एमाओवादी मोर्चाका कार्यकर्ताको भाँटा प्रहारबाट २० जना सुरक्षाकर्मी घाइते भएका छन् ।

Maobadi-Julus-Jhadap

प्रहरी निरीक्षक धर्म भण्डारीको हात भाँचिएको छ भने सशस्त्र प्रहरी निरीक्षक वीरबहादुर तामाङ गम्भीर घाइते भएको बानेश्वरका प्रहरी प्रमुख (डीएसपी) दानबहादुर कार्कीले जानकारी दिए । घाइतेलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा भर्ना गरिएको छ ।

Jhadap-Kathmandu-Maobadi2

झडपपछि एमाओवादी उपाध्यक्ष श्रेष्ठले कुरा फेरे । आफूहरु निषेधित क्षेत्रबाटै जान पाउनु पर्ने अड्डी लिएपछि प्रहरीले संविधानसभाको दक्षिणतिरको सडकबाट आन्दोलनकारीलाई बबरमहलतर्फ अघि बढ्न दिएको थियो ।

Jhadap-Kathmandu-TV-Journalist

एमाओवादी मोर्चाले निषेधित क्षेत्र तोड्ने पूर्वनिर्धारित योजना अनुसार बानेश्वरमा झडपको वातावरण सिर्जना गरिएको प्रहरीको दाबी छ ।

Jhadap-Kathmandu-Maobadi1

Jhadap-Kathmandu1यसैगरी, प्रहरीको लाठी प्रहारबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसहित दर्जनौँ आन्दोलनकारी घाइते भएका छन् ।

Jhadap-Kathmandu-Maobadi-Narayankaji-Shrestha

यो पनि पढ्नुहोस:

बानेश्वरमा झडप: प्रचण्ड पुत्रीसहित दर्जनौँ घाइते (हेर्नुस् फोटो फिचर)