२ कार्तिक २०८३, सोमबार

क्याम्पसको अक्षयकोष खोल्न कञ्चनपुरमा साँस्कृतिक महोत्सवको आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापना गर्न आयोजना हुन लागेको ‘बृहद साँस्कृतिक महोत्सव’को बारेमा जानकारी गराउँदै आयोजक ।

– भागेश्वरी शाह

महेन्द्रनगर, १६ फागुन । फागुनको तेस्रो साता देखि कञ्चनपुरको कृष्णपुरमा साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । कञ्चनपुरको कृष्णपुर-२ वाणीमा रहेको उदय सरस्वती बहुमुखी क्याम्पसको अक्षयकोषको स्थापनाका लागि ‘बृहद साँस्कृतिक महोत्सव २०७१’ आयोजना गरिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

साँस्कृतिक महोत्सव मुल आयोजकक समितिले शनिबार महेन्द्रनगरमा आयोजना पत्रकार सम्मेलनमा कृष्णपुर क्षेत्रको शैक्षिक विकासका लागि मेला आयोजना गर्न लागेको जनाएको छ । पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका प्रचारप्रसार संयोजक अर्जुन साउँदले यही फागुन तेस्रो सातादेखि महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

महोत्सवको उद्घाटन शिक्षा क्षेत्रकै व्यक्तिबाट गराउने कार्यक्रम रहेको प्रचारप्रसार समिति संयोजक साउँदले जानकारी दिनुभयो ।
आर्थिक रुपमा कमजोर ग्रामिण क्षेत्रमा रहेको क्याम्पसमा अक्षयकोष स्थापना गरि यस क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा आर्जन गर्नमा टेवा पु¥याउने उदेश्यले महोत्सव आयोजना गरिएको संयोजक साउँदले बताउनुभयो ।

‘कृष्णपुर क्षेत्रमा अधिकाँस नागरिकहरु विपन्न छन्, आर्थिक अभाव हुँदा उनीहरु उच्च शिक्षा बाट बञ्चित हुन्छन्, त्यसैले हामीले त्यस्ता आर्थिक रुपमा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रबृति दिन महोत्सव आयोजना गरेका हौँ ।’, उनले भने । महोत्सव सफल पार्नका लागि कृष्णपुरका स्थानिय समाजसेवी गोबिन्द कलौनीको संयोजकत्वमा महोत्सव मुल आयोजक समिति समेत गठन गरिएको छ ।

विभिन्न पाँच उप–समितिहरु पनि गठन गरिएका छन् । सबै उप समितिहरुले आफ्नो क्षेत्रबाट हुने कामहरु अघि बढाईसकेको संयोजक साँउदको भनाई छ । महोत्सवमा ६० स्टलहरु राखिने छन् । शनिबार सम्म ३५ स्टल बुकिङ्ग भईसकेको आयोजकले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गुलरिया-वाणी राजमार्गमा स्वागत गेट समेत स्थापना गरिएको छ ।

महोत्सवमा कृषि उत्पादन समाग्री, व्यवासयी समाग्री, अनौठा एवं अकल्पनीय जिव र बस्तुको प्रदर्शनी, स्थानिय हस्तकलाको प्रर्दशनी गरिने छ । यस्तै महोत्सवमा सुदूरपश्चिमका लोक संस्कृति झल्किने खालका देउडा, नृत्य, हुडकेली नृत्य, राना–थारु समुदायको झाँकी प्रर्दशन गरिने छ ।

जसबाट सुदूरको लोक संस्कृतिको संरक्षण हुने आयोजकको अपेक्षा छ । महोत्सवमा विश्वकै सबैभन्दा ठृुलो अष्ट्रिज चरा र पहवान मोहमद अलिखानको चमत्कारी समेत राखिनेछन् । मनोरन्जनका लागि बाल उद्यान समेत राखिने छ ।

महोत्सवको तयारी तिव्र रुपमा भईरहेको महोत्सव प्रचार प्रसार समितिका संयोजक साउदले जानकारी दिनुभयो । ‘महोत्सव बाट यस क्षेत्रको शैक्षिक विकास हुन्छ ।’, उनले भने । महोत्सवको प्रचार प्रसार समेत तिव्र रुपमा भईरहेको प्रचारप्रसार संयोजक साउँदको दावी छ ।

‘महोत्सव हेर्नका लागि ग्रामिण क्षेत्रका नागरिक अब आफ्नो गाँउमै हेर्न पाउँदैछन्,त्यो खुशीको कुरा हो ।’, उनले भने । महोत्सवमा सो क्षेत्रका सम्पूर्ण विद्यालयहरुको समेत प्रस्तुत रहने छ ।

महोत्सवमा राष्ट्रिय कलाकार शिवहरी पौडेल, राजेशपायल राई, प्रमोद खरेल, निखिल उप्रेती, रेजिना उप्रेती, दिलीप रायमाझी, तिकल मल्ल, अर्जुन कौशल, टिका पुन, कला पंगेनी, सरिता कार्की, थारु नायिक अनु चौधरी, देउडा गायक नरेन्द्रराज रेग्मी, महेश औजी, तिर्थराज जोशी लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्र्म प्रस्तुत हुनेछन् ।

महोत्सव अवलोकनका लागि विद्यार्थी सहुलियत रु २० र साधारण तर्फ रु ४० को दर निर्धारण गरेको छ । सात दिनसम्म सञ्चालन हुने मेलामा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । फागुन २३ गतेदेखि सुरु हुने महोत्सव ३० गतेसम्म चल्नेछ ।