
काठमाडौँ, २९ कात्तिक । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली कोहलपुरबाट पक्राउ परेका छन् ।
जाजरकोट नलगाड नगरपालिका–५, रघुनाथ बस्ने ४२ वर्षका वलीलाई कोहलपुर प्रहरीले कोहलपुर–२, सालको बुटा भन्ने ठाउँबाट बिहीबार राति पक्राउ गरेको हो ।
कोहलपुर प्रहरीका इन्चार्ज डीएसपी हेम शाहीका अनुसार विभिन्न मितिमा जाजरकोटस्थित एनसेल टावरमा आगजनी तथा तोडफोड, जबरजस्ती चन्दा असुली वली संलग्न रहेको प्रहरीको आरोप छ ।











प्रतिक्रिया