१४ कार्तिक २०८३, शनिबार

विद्यार्थीद्वारा युनिभर्सल कलेजमा तालाबन्दी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक ।  भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सले अवैधानिक रूपमा लिएको शुल्क फिर्ता माग्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

बिडिएस र एमबिबिएस पढ्ने विद्यार्थीहरुले कलेजको प्रशासनिक, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षमा तालाबन्दी गरेका हुन् । यसले कलेजको शैक्षिक तथा प्रशासनिक काम पूर्ण रुपमा ठप्प भएको छ ।

२४ घण्टाभित्र शुल्क फिर्ता नभए कलेजबाट इन्ट्रनमा खटेका चिकित्सकले समेत काम नगर्ने चेतावनी दिएका छन् । विद्यार्थीले बिरामीको संवेदनशीलतालाई बुझ्नुपर्ने भन्दै उपचार सेवा भने सुचारु गर्न दिएका छन् ।

यता कलेज प्रशासनले भने शुल्क समायोजन गर्न माथिल्लो निकायबाट तयारी भएकाले केही समय लाग्ने बताएको छ ।

शुल्क फिर्तालगायतको मागसहित युनिभर्सल मेडिकल कलेजका विद्यार्थी कात्तिक १४ गतेदेखि आन्दोलनमा छन् ।