१ कार्तिक २०८३, आइतबार

हङ्‍कङ प्रदर्शनमा प्रहरीले गोली चलायो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ कात्तिक ।  हङ्‍कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले एक जनामाथि गोली चलाएको छ।

फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसाग भिड्नु अगाडि बन्दुक निकालेको देखिएको थियो।

अनुहार छोपेका अर्का एक प्रदर्शनकारीलाई ती अधिकृतले शरीरमा गोली प्रहार गरेका हुन्।

मुठभेड भइरहादा प्रहरीले थप दुई गोली चलाएपनि भिडिओमा त्यो गोली कसैलाई लागे नलागेको प्रष्ट छैन।

गोली लागेको व्यक्तिको शल्यक्रिया भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालसम्बन्धी अधिकारीले बताएका छन्।

ती अधिकारीले अरूलाई गोली लागेको आफूलाई थाहा नभएको बताए। -बीबीसी