१० मंसिर २०८३, बिहिबार

१२ वर्षीया बालिकाको पाँच महिनाको गर्भपतन सफल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौैं, २५ कात्तिक ।  बलात्कृतपछि गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको गर्भपतन गरिएको छ । बालिकाको पाँच महिनाको गर्भपतन गरिएको थापाथली प्रसुतिगृहले जनाएको छ ।

जंगलमा जाँदा बालिकालाई कुकुरले टोकेपछि सुई लगाउन अस्पताल लगेपछि उनिमा पाँच महिना गर्भ रहेको पाइएको थियो ।

बालिकाको बलात्कार भएको हुनसक्ने भन्दै उनैले पहिचान गराएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिका बौद्दिक अपांग छिन् । पीडित बालिकाका आमा बुबा पनि बौद्धिक अपांग छन्। थप उपचार र हेरचाहको लागि आशा नेपाल गोदावरी नामक संस्थाले उनलाई आश्रय दिने भएको छ ।