
काठमाडौैं, २५ कात्तिक । त्रिभुवन विमानस्थलले अनाधिकृत रुपमा यात्रुले भित्राएका रक्सी लिलाममा विक्रि गर्ने भएको छ ।
विमानस्थलमा यात्रुबाट जफत गरिएको ६ हजार ८ सय १७ बोतल रक्सी एकैपटक लिलाम गर्न लागेको हो ।
यी रक्सी अन्त:शुल्कमा दर्ता भई नवीकरणसमेत भएका कम्पनी, फर्म वा व्यक्तिले किन्न पाउने गरी सर्त राखिएको छ ।
पूरै रक्सी बिक्रीको न्यूनतम मूल्य १ करोड ३१ लाख रुपैयाा तोकिएको छ । तर, विभिन्न १४ वटा भागमा छुट्टाछुट्टै बिक्री गर्न सकिने छ ।
खरिद गर्न स्वीकृत भएको पार्टीले ७ दिनभित्र रक्सी नउठाएमा क्रमश: दोस्रो, तेस्रो पार्टीले उठाउन सक्ने प्रावधान तोकिएको छ ।
कार्यालयबाट जसको नाममा सिलबन्दी दरभाउपत्र खरिद भएको छ, सोही व्यक्ति, फर्म, कम्पनी वा संस्थाले मात्र दाखिला गर्न पाउनेछ । अर्को पार्टी आएमा दरभाउपत्र रद्द हुनेछ ।
इचछुक व्यक्ति वा संस्थाले दुई हप्ता भित्र खरिदको लागि आवेदन दिन सक्ने विमानस्थलले जनाएको छ ।











प्रतिक्रिया