नयाँदिल्ली, २५ कात्तिक । भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदी सरबारबाट राजीनामा दिएका छन् ।
उनी शिवसेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योगमन्त्री थिए । उनले ट्वीट गरेर राजीनामाबारे जानकारी दिएका छन् ।
यो राजीनामासँगै अनुमान लगाउन थालिएको छ कि शिवसेना महाराष्ट्रमा एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयासमा जुटेको छ । शिवसेनाले एनडिए गठबन्धन तोडेपछि मात्र समर्थन दिन सक्ने अडान एनसिपीको थियो ।
अहिले शिवसेनासँग ५६ विधायक छन् तर सरकार गठनका लागि १४६ विधायकको समर्थन चाहिन्छ । यस्तोमा शिवसेनालाई एनसिपी र कांग्रेस दुवैको समर्थन आवश्यक छ । कांग्रेसले शिवसेना र एनसिपीलाई सरकार बनाउन बाहिरबाट समर्थन दिने बताइएको छ ।















प्रतिक्रिया