११ कार्तिक २०८३, बुधबार

एमाओवादी मोर्चाको आन्दोलनमा जनाधार छैन : सिँचाइमन्त्री साउँद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14100807NP-saudनेपालगन्ज, १६ फागुन । सिँचाइमन्त्री नारायणप्रसाद साउँदले ‘संविधान निर्माणमा बाधा पुर्‍याउने’ ३० दलीय मोर्चाको आन्दोलनमा जनाधार नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “एमाओवादीले नेतृत्व गरेको ३० दलीय मोर्चा साँच्चिकै संविधान लेखनप्रति इमान्दार छ भने संविधानसभाबाट भाग्नु हुँदैन ।”

“मोर्चाले गरिरहेको आन्दोलनको औचित्य पुष्टि हुँदैन, जनमतलाई उपहास गरी सडकबाट संविधान बनाउँछु भन्ने तर, संविधानसभावाट भाग्ने यसको जवाफ जनतालाई मोर्चाले दिनुपर्छ”, मन्त्री साउँदको भनाइ थियो ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउँदले लोकतान्त्रिक पद्धतिबाट नै संविधान निर्माण हुने भए पनि संविधानलाई सहमतिको दस्तावेज बनाउनुपर्छ भन्ने आफ्नो दलको मान्यता रहिआएको छ भन्नुभयो ।

अब निश्चित समयसम्म सहमतिको प्रयास हुने र नभए प्रक्रियालाई छाड्न नसकिने बताउँदै उहाँले मुलुकलाई थप राजनीतिक अन्योलको परिस्थितिमा राख्न सकिँदैन भन्नुभयो ।

पत्रकारको अर्को प्रश्नको जवाफमा मन्त्री साउँदले सरकारले राष्ट्रिय महत्वको आयोजनालाई प्राथमिकतामा राखे पनि जनताको दैनिक जीवनलाई सहज बनाउने योजनालाई पनि ग्रामीण तहसम्म पुर्‍याएको छ भन्नुभयो ।