११ मंसिर २०८३, शुक्रबार

डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २४ कात्तिक ।  चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औँ अनशनमा बसेका डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो ।

बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो ।

पछिल्लो समय अनशनमा बसेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको तर सरकारले ध्यान नदिएको भन्दै विभिन्न क्षेत्रमा विरोध दिनप्रतिदिन चर्कदै गएको छ ।