११ मंसिर २०८३, शुक्रबार

कालापानीबारे उपप्रधानमन्त्री पोखरेलले रिसालसँग के बुझे ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतको नक्सामा जारी गरेपछि सरकार त्यसप्रति गम्भिर बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा रहेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सबै दलसँग उक्त विवाद समाधानका निम्ति कसरी अघि बढ्ने भन्ने विषयमा परामर्श पनि गरिसकेका छन् ।

नेपालका विभिन्न विद्यार्थी संगठन र आम साधारण युवा आन्दोलनमा छन् । सरकारको तदारुकता देखेर सबै खुसी पनि छन् । कालापानी विवाद समाधानको विषय अथवा नेपाली भूमी अतिक्रमण भएको विषयमा किन नेपाली सेना नबोलेको भनेर धेरैले सोधेका छन् ।

यसबीचमा नेपाली सेनाको विभागीय मन्त्रालय नै हेरेका तथा सरकारका वरिष्ठ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यस विषयमा गम्भिर जानकारीसहितका विवरण संकलन र विश्लेषणमा जुटेका थिए ।

कालापानी नेपालको रहेको र आफूले त्यसबेला जनगणना गरेको दाबी गरेका बरिष्ठ पत्रकार भैरव रिसाललाई पोखरेलले भेटेका थिए । रिसालसँगको जानकारी र प्रमाणसहित अन्य विविध खोजको विवरण पोखरेलले प्रधानमन्त्री ओलीलाई सुनाएका थिए ।

पोखरेल आफैं पनि नेपालको भूमी नेपालको नै रहेको हुनाले भारतले त्यसमा हस्तक्षेप गरी आफ्नो नक्शामा राख्न नहुने पक्षमा छन् । प्रधानमन्त्री आफैं पनि कुटनीतिक र राजनीतिक रुपमा उच्च तहमा अहिले देखिएको विवादीत नक्शा सच्याउन भारत सरकारसँग संवाद गर्दैछन् । यसमा अझ प्रभावकारी सुझाव र तथ्यांक तयार पार्नका लागि पोखरेललाई प्रधानमन्त्रीले निर्देशन दिएको बुझिएको छ ।