११ मंसिर २०८३, शुक्रबार

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक ।  आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि दर्ता गरिएका उम्मेदवारहरुको आज नामावली प्रकाशित गर्ने भएको छ । गत बिहीबार मनोनयन दर्ता भएको थियो ।

प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । आज उम्मेदवार विरुद्व दाबी विरोध र उम्मेदवारी फिर्ता लगाएत प्रक्रिया पुरा गरी आयोगले आज नामावली सार्वजनिक गर्न लागेको हो ।

यसैबिच, कास्की क्षेत्र नम्बर २ मा तीन जनाको उम्मेदवारी बदर भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फका बन्द सूचीमा नाम उल्लेख भएका गजेन्द्र लिम्बू, तत्कालीन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका नवराज घले (अहिले राष्ट्रिय नागरिक पार्टी)को तर्फबाट उम्मेदवारी दिएका र राष्ट्रिय मुक्ति आन्दोलन नेपालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम उल्लेख भएका जयवन्त विक्रम शाह गरी तीन जनाको उम्मेदवारी बदर गरिएको आयोगले जनाएको छ । अब त्यहाँ २२ जना उम्मेदवार छन् ।