
काठमाडौं, २३ कात्तिक । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी(ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको छ ।
एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभरमा अलआउट हुादै मात्र ७६ रनमा समेटियो ।
नेपालका लागि सन्दीप जोराले सर्वा्धिक १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए । यस्तै भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा एलेक्स थमप्सन २० रनमा अविजित रहे ।















प्रतिक्रिया