४ कार्तिक २०८३, बुधबार

‘राधे’मा सलमानलाई दिशाको साथ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सुटिङको मुखैमा ‘इन्शाअल्लाह’बाट बाहिरिएका सलमान खानले नयाँ सिनेमा ‘राधे’को सुटिङ सुरू गरेका छन् । सिनेमामा सलमानले दिशा पटानीसँग जोडी बाँध्ने भएका छन् । सलमान र दिशाका अलावा सिनेमामा रणदीप हुड्डाको प्रमुख अभिनय रहनेछ ।

प्रभुदेवाको निर्देशनमा बन्ने सिनेमा आगामी वर्षको ईदमा रिलिज हुनेछ । ईदको मितिमा ‘इन्शाअल्लाह’ रिलिज नहुने भएपछि सलमानले आफ्नो प्रिय रिलिज डेटलाई खेर नफाल्न ‘राधे’ बनाउने घोषणा केही समय अगाडि गरेका थिए ।

सलमानको सुपरहिट एक्सन फ्रान्चाईच ‘दबंग ३’ २० डिसेम्बरमा रिलिज हुँदैछ ।