११ कार्तिक २०८३, बुधबार

हात्तीपाइलेविरुद्ध औषधि खाने सप्तरीमा धेरै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hattipaileसप्तरी, १६ फागुन । हात्तीपाइलेरोगविरुद्धको औषधि खानेमा सबैभन्दा बढी सप्तरी जिल्लावासी रहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले पछिलो पटक दुई वर्षयता सबैभन्दा बढी व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खाएको जनाएको छ ।

जनसङ्ख्याको आधारमा सबैभन्दा बढी व्यक्तिले औषधि सर्वाधिकरुपले खाएपछि ७५ जिल्लामध्ये सप्तरी जिल्ला नै पहिलो भएको दाबी गरिएका छन् ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकृत विजय झाले शुक्रबार सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरी यही फागुन २३, २५ र २६ गते खुवनाइने निःशुल्क औषधि निर्धक्क भएर खान सबैलाई आग्रह गर्नुभयो ।

यसपटक सप्तरीको कुल जनसङ्ख्या छ लाख ६४ हजार ९०६ मध्ये छ लाख १९ हजार ६९२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको जानकारी उहाँले दिनुभयो ।

उहाँले दुई वर्ष मुनिका बच्चा, गर्भवती महिला तथा एक हप्ताभित्रका सुत्केरी महिला, मुटुको रोगीलगायत अन्य सिकिस्त बिरामीलाई यो औषधि खुवाउन नहुने बताउनुभयो ।