
काठमाडाैं, २१ कात्तिक । प्रहरीले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले उनीहरुलाई पक्राउ गरेको पुष्टि गरे ।
बा १७ च ८३६४ नम्बर गाडी चेकजााच गर्ने क्रममा हतियार बरामद गरिएको हो । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देबेन्द्र भण्डारी र सुमन खडका रहेका छन् ।
पक्राउ परेकामाथि विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।











प्रतिक्रिया