
काठमाडाैं, २१ कात्तिक । २०६४ सालमा बम विष्फोटमा घाइते भएकालाई जिँउदै जलाएको आरोप लागेका कांग्रेस सांसद मोहम्मद अफताब आलमको बयान सकिएको छ । आलमको आजैदेखि थुनछेक बहस हुनेछ ।
बुधबार कर्तव्य ज्यान मुद्दामा बयान सकिएकामा बिहीबार ज्यानमार्ने उद्योग र बम विस्फोटको मुद्दामा बयान सकिएको हो ।
रौतहट जिल्ला अदालतले तीन दिन लगाएर आलमसाग बयान लिएको हो । बयानकाक्रममा उनीसित ५१ ओटा प्रश्न सोधिएको बताइएको छ ।
जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् ।
मिसिलमा प्रश्नहरु धेरै भएकाले बयानका लागि समय बढी लागेको अदालतले जनाएको छ ।
आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा दायर गरिएको छ ।











प्रतिक्रिया