काठमाडौं, १५ फागुन । एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आज खुल्लामञ्चमा आमसभा गर्दैछ ।
जनप्रदर्शनसहितको उक्त सभा सुरु हुनुअघि राजधानीका विभिन्न स्थानहरुबाट जुलुस निस्कने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
आमसभामा दुई लाख सहभागी हुने मोर्चाको दाबी छ । त्यसका लागि राजधानी आसपास र अन्य विभिन्न जिल्लाहरुबाट समेत कार्यकर्ता काठमाडौं ल्याइएको छ ।
आमसभा दिउँसो १ बजेबाट औपचारिकरूपमा सुरु हुनेछ । सभालाई मोर्चामा आबद्ध दलका नेताहरुले सम्बोधन गर्ने छन् ।
आमसभाका लागि करिब २९ लाख खर्च हुने मोर्चाको भनाइ छ । खर्च रकम सबै मिलाइसकिएको सिंहले जानकारी दिनुभयो ।















प्रतिक्रिया