११ मंसिर २०८३, शुक्रबार

काठमाडौं– निजगढ  द्रुतमार्ग आयोजना प्रमुखको जिम्मेवारी खोसियो, पोख्रेललाई जिम्मेवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २१ कात्तिक ।  आयोजनामा अनियमितता भएको भन्दै काठमाण्डौ- निजगढ द्रुतमार्ग आयोजना प्रमुखको जिम्मेवारी खोसिएको छ ।

दु्रतमार्ग निर्माणका क्रममा अनियमितता गरेको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको हो । अनियमितता बारे थप अनुशन्धान भैरहेको बताइएको छ ।

अहिले प्रधानसेनापति पूर्णचन्द्रु थापाले द्रुतमार्गमा भएको भनिएको अनियमिताबारे छानविन गर्न बलाधिकृत रथी शरद गिरीलाई छानविन गर्ने जिम्मेवारी दिएका छन् । गिरीको टोलीले छानविन थाले लगत्तै श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ ।

अहिलेलाई भने द्रुतमार्ग आयोजनाको जिम्मा महासेनानी विकास पोख्रेललाई  दिइएको छ ।