
काठमाडाैं, २१ कात्तिक । सिरहाको सिरहा नगरपालिका स्थित कमला नदीको तटबन्धमा हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
पुरुषको घाँटी रेटेर हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।
हत्या गरिएका व्यक्ति को हुन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया