रुकुम, १६ फागुन । बिहीबार वर्षासँगै परेको चट्याङले रोल्पाको रातामाटास्थित नेपाल टेलिकमको रिपिटर टावरमा क्षति गरेपछि दुई दिनदेखि रुकुम सञ्चार सम्पर्कविहीन भएको छ ।
बिहीबार दिउँसो ३ बजे टावरमा चट्याङ परेपछि रुकुममा सञ्चालित नेपाल टेलिकमको नमस्ते, स्काई तथा ल्यान्डलाइन फोन सेवा पूर्णरुपमा बन्द भएको हो ।
अवरुद्ध टेलिफोन सञ्चालनका लागि शुक्रबार सदरमुकाम खलङ्गाबाट प्राविधिक टोली त्यसतर्फ गएपनि सेवा सुचारु हुन नसकेको व्यवसायी हिरालाल भण्डारी जानकारी दिनुभयो ।
अवरुद्ध टेलिफोन सेवा सुचारु हुन एक हप्ता लाग्न सक्ने बताइएको छ ।















प्रतिक्रिया