
काठमाडाैं, २१ कात्तिक । क्रिकेटमा छोटो समयमा लामो उचाईमा पुग्न सफल क्रिकेटरको रुपमा चिनिन्छन् सन्दीप लामिछाने । सन्दीप पछिल्लो समय धेरै राष्ट्रिय मात्रै नभई अन्र्तराष्ट्रिय टिमको रोजाइमा परेका छन् ।
सन्दीपले गरेको यो छोटो समयको मिहेनतले काठमाण्डौमा नयाँ आलिसान बंगला किनेका छन् । उनको बंगला राजधानीको बुढानिलकण्ठमा एक रोपनीको जग्गामा रहेको छ ।
सन्दीप भर्खरमात्रै नयाँ घरमा सरेका हुन्। यसअघि उनको परिवार चितवनको सौराहा बस्दै आएको थियो। साढे दुई तल्ले घरको पहिलो तल्लामा डाइनिङ रुम र सिटिङ रुम छ। सन्दीपले पहिलो तल्लामा आफ्नो कोठा बनाएका छन्।
माथिल्लो तल्लामा भने उनले परिवारका सदस्य र पूजा कोठाका लागि छुट्याएका छन्। घरको कम्पाउण्डमा बागैचा छ। साथै चार वटासम्म गाडी अट्ने पार्किङ छ।
लेग स्पिनर सन्दीप एकपछि अर्को विदेशी फ्रेन्चाइज क्रिकेट लिगमा आबद्ध भइरहेका छन्। केही अघि मात्र उनी इंग्ल्यान्ड र वेल्समा आयोजना हुने ’द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा आबद्ध हुन सफल भए।
सन्दीपलाई ओभल इन्भिसिबल्सले १ लाख पाउन्ड (१ करोड ४७ लाख २५ हजार रुपैयाा) मा भित्र्याएको हो। सागै सन्दीपले कमाईमा लाखबाट करोडमा फड्को मारेका छन् ।
सन्दीप विदेशी लिगमा आबद्ध भएको यो सबैभन्दा ठूलो रकम हो। अप्रिल २०१८ मा इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्समा २० लाख भारुमा आबद्ध भएपछि सन्दीपको चर्चा चुलिएको थियो। त्यसपछि सन्दीप विदेशी फ्रेन्चाइज लिगमा लगातार रोजाइमा परिरहेका छन्।
सन्दीपले अहिलेसम्म विदेशी लिगका लागि १५ पटक सम्झौता गरिसकेका छन्। सम्झौता रकम ७ लाख अमेरिकी डलर भन्दा माथि पुगिसकेको छ। यसबाहेक उनले विभिन्न ब्राण्डको प्रायोजन मार्फत् पनि रकम पाउादै आएका छन् ।
सन्दीपले आफ्नो घरको मुल्य भने खुलाएका छैनन् ।











प्रतिक्रिया