म्याग्दी, १६ फागुन । म्याग्दी बहुमुखी क्याम्पसमा स्थापना गरिएको छात्रावास सञ्चालन नहुँदा विद्यार्थीहरू महँगो कोठाभाडा तिरेर बस्न बाध्य छन् ।
क्याम्पस परिसरमा निर्माण गरिएको महिला तथा पुरुष छात्रावास सञ्चालन नभएपछि विद्यार्थीहरूलाई कोठा भाडा लिएर बस्नु पर्दा समस्या भएको हो ।
क्याम्पस प्रशासन र सञ्चालक समितिले आवश्यक रेखदेख तथा भौतिक पूर्वाधारको व्यवस्था गर्न नसक्दा छात्रवास सञ्चालन हुन नसकेको बताइएको छ ।
स्वदेश तथा विदेशमा रहेका म्याग्दीवासीको सहयोगमा करिब रु १५ लाखको लागतमा बनाइएको छात्रावास सञ्चालन नभएपछि हाल जीर्ण बन्दै गएको छ ।
त्यस्तै भारतीय दूतावासको सहयोगमा निर्माण गरिएको महिला छात्रावाससमेत सञ्चालन हुन सकेको छैन ।
क्याम्पसभित्र रहेको स्रोत र साधनको प्रयोग नभई त्यत्तिकै खेर गइरहेकोप्रति सञ्चालक समिति र क्याम्पस प्रशासन गम्भीर नभएको गुनासो क्याम्पसमा अध्ययनरत आम विद्यार्थीको रहेको छ ।















प्रतिक्रिया