मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्ना पति तथा भारतीय क्रिकेटर विराट कोहलीसँग छिमेकी देश भुटानमा छुट्टी मनाइरहेकी छिन् । आफ्नो ट्विटरबाट उनले बिदा मनाउँदाका पलहरूलाई पोस्ट गरिरहेकी पनि छिन् ।
ट्वीटरमा उनले भुटानको एक गाँउका स्थानिय परिवारसँगको फोटो पोस्ट गर्दै उनीहरूले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेका छन् । अनुस्काले सो कुरासँगै पोस्टमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प्रशंसा गर्दै आफूहरूलाई उनीहरूले नचिने पनि राम्रो सत्कार र सम्मान गरेको उल्लेख गरेकी छिन् ।
सो परिवार सम्बन्धी तीनवटा ट्विट गर्दै अनुष्काले गाउँलेहरूको सरल व्यवहारको प्रशंसा गरेकी छिन् । ‘आज हामीले ८.५ किलोमिटरको उकालो पदयात्रा गर्यौं । यस दौरान हामी एउटा सानो गाउँमा चार महिना अगाडिमात्र जन्मिएको एउटा घरपालुवा जनावरको बच्चालाई खाना खुवाउन रोकियौं । तब घरका मालिकले हामीलाई हामी थाकेका छौं कि भनेर सोध्दै एक कप चियाको लागि सोधे ?’, ट्विटमा अनुष्काले लेखेकी छिन् ।
दोश्रो ट्वीटमा अनुष्काले ‘हामी यो सुन्दर परिवारको घर गयौं, जसलाई हामी को हौं भनेर बिल्कुलै जानकार थिएनन्’, पोस्ट गरेकी छिन् ।
यस्तै तेश्रो ट्वीटमा ‘यस बाबजुद पूरा परिवार हामीसँग जोश र मायाले प्रस्तुत भयो । हामीले उनीहरूसँग बसेर चिया पियौं र केही समय बितायौं । उनीहरूलाई त हामी केवल पदयात्राबाट थाकेका यात्री थियौं । यदि यो जीन्दगीको सही अर्थ होइन भने के हो मलाई पनि थाहा छैन । यो एउटा याद हामी संगालेर राख्ने छौं’, लेखेकी छिन् ।















प्रतिक्रिया