११ मंसिर २०८३, शुक्रबार

भारतविरुद्ध नेविसंघले काठमाडौंमा प्रदर्शन गर्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कात्तिक । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको नयाँ नक्साको विरोध गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।

नेविसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको हो ।

नयाँदिल्लीबाट जारी भएको नयाँ नक्सामा भारतले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो नक्साभित्र पारेपछि विरोध हुँदै आएको छ ।

नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।