मुम्बइ । बलिउडमा आउनुअघि अभिनेत्री सारा अली खानको वजन ९६ किलो थियो । अहिले उनी बलिउडका फिट अभिनेत्रीमा गनिन्छिन् ।
वजन घटाउन आफूले दूध, चिनीलगायत छोडेको उनले एक अन्तर्वार्तामा बताएकी छिन् । उनी खानपानमा सचेत छिन् ।
उनको दिनको सुरुवात मनतातो पानीबाट हुन्छ । बिहानको खाजा, दिनको खाना र रातिको खाना गरी तीन पटक अण्डा र कुखुराको मासु अवश्य खान्छिन् ।
व्यायाम गरेपछि अण्डाको पहेँलो भाग, प्रोटिनयुक्त भोजन वा कफी खान मन पराउँछिन् । उनी कार्डियो गर्छिन् ।















प्रतिक्रिया