१४ कार्तिक २०८३, शनिबार

ससुराली हिडेका विकको त्रियुगामा डुबेर मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २० कात्तिक । उदयपुरको चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेस्थित त्रियुगा नदि तर्ने क्रममा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा खोटाङको साव मझुवा गाउँपालिका– ६ का ४० वर्षिय सुबास बिक रहेको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घरबाट उदयपुरस्थित चौदण्डीगढी नगरपालिका– ९ अजगरामा रहेको ससुराली घर जाने क्रममा ज्यामिरेमा त्रियुगा नदि तर्ने क्रममा जमेको पानीमा डुबेर बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।

राति ८ बजे बेल्टार बजारबाट चौनपा– ९ ज्यामिरे अजगडास्थित ससुराली घर जानेक्रममा जमेको नदी तर्न खोज्दा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रातिको समयमा सामान्य पानी देखेर तर्न खोज्दा गहिरो दहमा फसेर निस्कन नसक्दा उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ । राती नदी तर्दैगर्दा डुबेर मान्छे चिच्याएको आवाज सुनेपछि स्थानीयले इप्रका बेलटारमा खबर गरेका थिए ।