२ कार्तिक २०८३, सोमबार

महायज्ञबाट दान संकलन गरेर बनाएको मन्दिर वनले भत्काएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– इन्दु केसी 

सुख्खड (कैलाली), १५ फागुन । विश्व सिमसार सुचिमा सुचिकृत कैलालीको घोडाघोडी स्थित निमार्णाधिन हैग्रीब मन्दिर जिल्ला वन कार्यालय कैलालीले भत्काएको

वनको जग्गा अतिक्रमण गरी मन्दिर निर्माण गरेको भन्दै जिल्ला वन कार्यालयले निमार्णाधिन हैग्रीब मन्दिर भत्काएको हो । मन्दिर भत्काएपछि स्थानिय वासिन्दा निराश भएका छन् ।

घोडाघोडी क्षेत्रमा धार्मिक एवं पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हैग्रीब मन्दिर गएको माघ महिनामा निर्माण कार्य सुरु भएको थियो । मन्दिर निर्माणका लागि गएको माघ पहिलो साता महायज्ञ सञ्चालन गरिएको थियो । उक्त महायज्ञबाट उठेको रकमले मन्दिर निर्माण सुरु गरिएको थियो । तर मन्दिर निर्माणका लागि प्रक्रिया नपु¥याएको भन्दै पहलमानपुर बन सेक्टर कार्यालयले भत्काएको हो ।

वन कार्यालयले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर अधिकारीलाई पक्राउ गरेपछि मन्दिर निर्माण कार्य रोकिएको हो । मन्दिर निर्माण कार्य सुचारुका लागि स्थानिय वासिन्दा जिल्ला बन कार्यालय धाउँदै आएका छन् । आफ्नो माग सुनवाई नभएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर अधिकारीले बताए ।

जिल्ला बन अधिकृत मुरारी प्रसाद पोखरेलले मन्दिर कुनै पनि हालतमा निर्माण गर्न नमिल्ने बताए । घोडाघोडीको पञ्च बर्षीय योजनामा मन्दिर निर्माण गर्ने उल्लेख नभएकाले घोडाघोडी ताल क्षेत्रमा भौतिक संरचना निर्माण गर्न नमिल्ने डिएफओ पोखरेलले बताए ।

स्थानिय बासिन्दाले मन्दिर निर्माण जस्तो पवित्र कार्य रोकेकोमा आपत्ति जनाएका छन् । स्थानिय सीता सापकोटाले मन्दिर निर्माण गर्दा घोडाघोडी क्षेत्रको शोभा बढ्ने तथा धार्मिक पर्यटनमा टेवा पुग्ने बताइन् । मन्दिर निर्माण गर्न स्थानियले गरेको दान खेर गएकोमा स्थानिय वासिन्दाले दुःख व्यक्त गरेका छन् ।

जिल्ला बन कार्यालयले घोडाघोडि ताल क्षेत्रमा मठ मन्दिरका नाममा अतिक्रमण भइरहेको आरोप लगाएको छ । तर स्थानिय वासिन्दा भने जसरी पनि मन्दिर निर्माण गरिछाड्ने बताउँछन् ।