– रामसुन्दर आचार्य
काभ्रे, १५ फागुन । नेपाल प्रेस युनियन काभ्रे शाखाले राजधानी दैनिकका सञ्चारकर्मी भीम गौतमलाई उर्मिला डाँडाँपारी पुरस्कारबाट सम्मान गरेको छ ।
शुक्रबार एक कार्यक्रमबीच युनियनले गौतमलाई सम्मान गरेको हो । २०५५ सालमा गतिविधी साप्ताहिकबाट पत्रकारिता थालनी गर्दै हाल राजधानी दैनिकाको उर्जा विट प्रमुख रहेका गौतमले जिल्लाको अति विकट डाँडाँपारी क्षेत्रमा कलम चलाए वापत
उनलाई सम्मान गरिएको प्रेस युनियन काभ्रेका अध्यक्ष कपिल कोइरालाले बताए ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि एंव राष्ट्रिय सुचना आयोगका आयुक्त किरण पोखरेलले राज्य सञ्चार माध्यममा सवेदनशिल बन्नुपर्ने बताए । उनले भने–‘अब हाम्रो कदम त्यस दिशा तर्फ चल्छ । जहाँ सञ्चारको सम्मान होस ।’















प्रतिक्रिया