
काठमाडौं, १८ कात्तिक । नेपालले आज मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)साग प्रतिस्पर्धा गर्दैछ । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा ०९:१५ मिनेटमा आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसाग प्रतिस्पर्धा गर्न लागेको हो ।
आइतबार भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।
नेपालको कप्तानी ज्ञानेन्ऽ मल्लले गर्नेछन् । केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो ।
पूर्वकप्तान पारस पनि यो खेलमा खेल्दैछन् । विश्वकै पुरानो क्लल एमसिसि संग ज्ञानेन्द्रको पहिलो खेल भएकाले कस्तो रहला नयाा कप्तानको ओपानिङ भन्ने पनि चासो रहेको छ ।
बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसाग कात्तिक २३ गते शनिबार टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछ ।















प्रतिक्रिया