४ कार्तिक २०८३, बुधबार

संसारकै अग्लो टावर बुर्ज खालीफाबाट शाहरूखलाई जन्मदिनको शुभकामना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । बलिउड अभिनेता शाहरुख खानले शनिबार आफ्नो ५४ औं जन्मदिन मनाए। यसक्रममा उनलाई धेरै बधाइ तथा शुभकामना आए। भारतका करोडौं फ्यानहरूले उनको जन्मदिनलाई विशेष बनाइदिए।

अझै विशेष त दुबइका फ्यानहरूले उनका निम्ति बनाइदिए जब शाहरूखलाई संसारकै ठूलो टावर बुर्ज खालीफामार्फत् शुभकामना दिए। दुबइमा रहेका शाहरूखका प्रशंसकहरूले बुर्ज खालीफा अगाडि उभिएर शुभकामना दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । बुर्ज खालीफा त्यही टावर हो जहाा नेपालको संविधान दिवसका दिन नेपाली झन्डा फहराइएको थियो।

शनिबार राती बुर्ज खालीफामा ’ह्याप्पी बर्थ डे टु किङ अफ बलिउड शाहरूख खान’ सन्देशसहित सांगीतिक शुभकामना दिइएको थियो। शाहरूखको फिल्म ’ओम शान्ति ‌ओम’को ’धूमताना’ गीतको धूनमा पानीका फोहोराहरू र झिलीमिली बत्तीको रमझममा मान्छे रमाइरहेका थिए।

धेरैले बुर्ज खालीफामा यसरी नाम देखिने शाहरूख पहिलो भारतीय भएको पनि बताएका छन्। तर यसअघि महात्मा गान्धीको १५० औं जन्मोत्सवमा पनि बुर्ज खालीफामा शुभकामना दिइएको थियो।