२ कार्तिक २०८३, सोमबार

एजेण्डाविहीन आन्दोलनले एमाओवादी परास्त हुन्छ : सञ्चारमन्त्री रिजाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendra-rijal– सन्दिप भट्ट

चितवन, १५ फागुन । सुचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले ३० दलिय मोर्चाले गर्न लागेको आन्दोलन सविंधान नबनाउने खेलका लागि रचिएको नाटक भएको बताएका छन् ।

हिंसाको आहालबाट देशलाई माथि उठाउन कांग्रेस लागि परेको भन्दै सञ्चारमन्त्री रिजालले देशमा सविंधान जारी भएसंगै विकासले फड्को मार्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघ रामपुर क्याम्पस इकाईले शुक्रवार आयोजना गरेको स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उनले एमाओवादी आन्दोलनको कुनै तुक नभएको प्रस्ट पारेका छन् । अब सहमतिको समय नभएको र सहमतिका लागि धेरै समय पर्खन नसक्ने उनको भनाई थियो ।

सहमति नभए बहुमतीय प्रकृयाबाट सविंधान जारी गरिने उनको भनाई थियो । दुई सयका लागि चार सय एक जनालाई पर्खाएर राख्न नसक्ने भन्दै उनले जनता सविंधानका लागि आतुर छन् यथाशक्य छिटो सविंधान जारी गर्न लागि परेको बताए ।

देशले अब प्रचण्डपथ सहन नसक्ने भन्दै उनले कम्युनिष्ट विचार धाराले देशको विकास हुन नसक्ने देखिएको बताए । सघिंय लोकतान्त्रिक गणतन्त्रात्मक सविंधान जारी भएमामात्र नेपालीको चाहाना पुरा हुने भन्दै उनले सबै नेपालीको पक्षमा सविंधान बन्ने ठोकुवा गरे ।