१४ कार्तिक २०८३, शनिबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै,बैठक सकाएर प्रधानमन्त्री अस्पताल जाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा आइतबार मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

बैठकअघि आइतबार बिहान प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर स्वास्थ्य परिक्षण गराएका थिए ।

ओली आजै तेस्रो पटक डायलासिस गराउन अस्पताल जान लागेको समेत उनको नीजि सचिवालयले जनाएको छ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका उनको बुधबार र बिहीबार आकस्मिक रूपमा ग्रान्डी अस्पतालमै डायलासिस गरिएको थियो।

नेकपाको शनिबार बसेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै प्रचारमा आएजस्तो आफू सिकिस्त बिरामी नभएको स्पष्ट पारेका थिए उनले आफ्नो मिर्गौलाले काम नगरेकाले नियमित डायलासिस गर्नुपर्ने अवस्था आएको बताएका थिए।